भारतमा कोरोना : थप २ लाख ५० हजार बढीमा संक्रमण, १७ सय बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ५० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि र १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका छन् भने १७ सय ५७ जनाको कोरोनाबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ । भारत दैनिक मृत्यु हुनेको संख्यामा विश्वकै पहिलो स्थानमा पुगेको छ । भारतमा हरेक दिन औसतमा १६ सयभन्दा बढीको मृत्यु भइरहेको छ । दोस्रोमा रहेको ब्राजिलमा १५ सयभन्दा बढीको मृत्यु भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?