काठमाडौं- आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलवारदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा वृद्धि गरेको हो।
साविकको भाडामा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरिएको एसोसिएसनले जनाएको छ। यस अघि ५ हजार ६०० रुपैयाँ तोकिएको काठमाडौं–धनगढीको भाडा दर अब न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया