यी हुन् कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको ३० बुंदे निर्देशन

काठमाडौँ-  कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिएसँगै सरकारले यसको नियन्त्रणकालागि ३० बुंदे निर्देशन जारी गरेको छ।  सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्नेसहितका ३० बुंदे निर्देशन जारी गरेको हो।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द रहने छन् । त्यस्तै बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु तथा इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द हुने सरकारको आदेशमा उल्लेख छ । त्यस्तै मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

त्यस्तै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् र  त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने छ। साथै सार्वजनिक गाडी चढ्दा मास्क अनिवार्य लगाउनु पर्ने भएको छ ।  मास्क नलगाउनेलाई सह चालकले अधिकतम १० रूपैयाँ जरीवाना लिएर मास्क वितरण गर्नुपर्ने गरि सरकारले नयाँ आदेश जारि गरेको हो ।

त्यस्तै आदेशमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने लगायतका विषय उल्लेख छन्। पार्टी प्यालेसमा विवाह गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति आवश्यक पर्ने भएको छ ।

 

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/corona-care.pdf” title=”corona care”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?