पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं । पूर्व राजा रानी ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतवार स्वदेश फर्किएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शाह दम्पत्तीले भारतबाट फर्केलगत्तै स्वाब परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो । पूर्वराजा शाह र आदित्यनाथसँगै मेलाको कार्यक्रममा सहभागी भएका थिए।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?