काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बहानामा अन्य रोगका बिरामीलाई सेवा प्रवाहमा लापरवाही नगर्न देशभरका अस्पतालहरुलाई आग्रह गरेको छ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको अवस्थामा नियमित तथा आकस्मिक उपचारका लागि जिम्मेवारी बन्न देशभरका अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले मंगलवार विज्ञप्ति जारी गर्दै सबै अस्पतालहरुलाई सर्वसाधारणको उपचारमा जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
मन्त्रालयले आकस्मिक सेवाको व्यवस्था सम्बन्धित अस्पतालमा नै मिलाउन र अन्य अस्पतालमा शैय्या उपलब्ध भएको खण्डमा मात्रै रिफर गर्नसमेत निर्देशन दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया