नेपाल पक्षको बैशाखको ९ गतेको कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षले बैशाख ९ गते बिहीवार गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ । नेपाल पक्षले कोरोना संक्रमणको दर बढेका साथै सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरेको हो ।

आज मंगलवार एक विज्ञप्ती प्रकाशित गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले कम्युनिष्ट पार्टी स्थापनाको दिन ( बैशाख ९) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको जनाएका हुन् । विज्ञप्तीमा भट्टराईले कोरोनाको संक्रमण कम भएका जिल्लामा भने कार्यक्रम नरोक्न उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?