धनगढी/टेकसिँह धामी- भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३२ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।
विगत ५ र६ महिना भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमवार राति खटीमास्थित चक्करपुरमा बसमै मृत्यु भएको थापाले बताए ।
कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया