काठमाडौं । नेपाल तरुण दलले कोरोना संक्रमणको जोखिम बढेसँगै संगठनको पूर्व निर्धारित कार्यक्रमहरु रोकेको छ ।
तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरामा र जेठ १ र २ गते प्रदेश २ को बारा साथै देशका सम्पूर्ण प्रदेशहरुमा बृहत तरुण सम्मेलन गर्न लागेको थियो ।
बुधवार सम्पूर्ण जिल्ला समितिहरुलाई पत्र लेख्दै अध्यक्ष जितजंग बस्नेतले ति कार्यक्रमहरु पूर्व निर्धारित मितिमा नहुने बताएका जानकारी दिए ।
त्यस्तै कोरोना महामारी नियन्त्रण भइ सामाजिक वातावरण सहज भएपछि पुनः नयाँ मितिमा कार्यक्रम गर्न समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया