काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता तथा सांसदहरुलाई गरेको कारवाहीको विरुद्धमा अदालत जानु अघि नेपाल पक्ष छलफमा जुटेको हो ।
बुद्धनगरमा जारी बैठकमा आज अदालत जानु अगाडी स्थायी कमिटी बैठक बसेको स्रोतले बतायो ।
यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष ओलीले नेपालसहित उनी पक्षका २७ जना संघीय सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
अध्यक्ष ओलीले पार्टीमा मनोमानी गरिरहेको र नेपाल पार्टी विभाजनको पक्षमा लागेको नेताहरुले बताएका थिए । अध्यक्ष ओलीले नेपाल पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदसँग स्पष्टीकरण माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया