७ दिनभित्र उपस्थित हुन चुडामणि शर्मालाई अख्तियारको सार्वजनिक सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई सातदिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारले आज बुधवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै शर्मालाई बयानका लागि बोलाएको हो ।

शर्माले कर फर्छ्यौट आयोग र अकुत सम्पत्ति आर्जन सम्वन्धीमा दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । यसअघि अख्तियारले उनीविरूद्ध १० अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले मौखिक रूपमा बोलाउँदा नआएपछि सूचना नै जारी गरी शर्मालाई सात दिनभित्र उपस्थित हुन भनेको हो । ‘उपस्थित हुन नआएमा कानुन बमोजिम भइजाने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ । शर्मालाई अख्तियारको ११४ नम्बर कोठामा आउनु भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?