अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने भएको छ ।

बुधवार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यस्तो फैसला सुनाएको हो ।

अख्तियारले आयोगको नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन अपरेशन गर्दै आएकोविरुद्द सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै त्यस्तो फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले अख्तियारको उक्त अपरेशन खारेजी गर्ने आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?