काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधबार भएको भेटमा पार्टी विवाद निरुपण गर्ने सम्बन्धमा कुनै ठोस कुराकानी नभएको बताइएको छ ।
बुधबार काठमाडौंस्थित होटल मेरियटमा करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान (एक्ला एक्लै) वार्ता भएको थियो । वार्तापछि नेता नेपालले सञ्चारकर्मीमाझ प्रतिक्रिया नदिएपनि वार्तामा नेकपा(एमाले)को विवाद समाधानको निम्ति ठोस कुराकानी नभएको नेता नेपालले आफु निकटका नेताहरुलाई बताएका छन् ।
माधव नेपालले पार्टीको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउन ओलीसँग आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि पार्टी २०७५ साल जेठ २ गतेको अवस्थाबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । तर ओलीले अहिले एमालेको अवस्था फरक ढंगले अगाडी बढेको भन्दै पछिल्ला निर्णयहरु फिर्ता नहुने भन्दै बिना शर्त पार्टीमा आउन आग्रह गरेका थिए । कुनै ठोस सहमति बिना फेरी छलफल गर्ने भन्दै दुवै नेता बाहिरिएको समाचारहरु आजकोे पत्रपत्रिकाहरुले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया