काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिजो बुधवार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरि दाबी भुक्तानी गरेका हुन् ।
मृतक पन्तले डेढ वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए । उनले पहिलो किस्ताको रुपमा ६ लाख रुपैयाँ बराबरको बीमा शुल्क बुझाएका थिए । पन्तको हृदयघातका कारण मृत्यु भएको हो ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको यस्तो कार्यले नेपालको बीमाको बजार अविस्वसनिय छैन भन्ने सन्देश प्रवाह भएको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दाबी भुक्तानीबाट प्राप्त रकमलाई पुनः बीमाकै लागि प्रयोग गर्न सुझाव दिए । जीवनमा सधै जोखिमको सम्भावना रहिरहने भएकाले भोलिका लागि पनि बीमा गर्नु पर्ने पौडेलले बताए ।
कम्पनी स्थापना भएको तीन वर्ष ७ महिनाको अवधिमा सबै भन्दा ठुलो रकम दाबी भुक्तानी गरिएको कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले रिलायवल साँच्चै रिलायवल भएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठुलो दाबी भुक्तानी गरिएको बताए ।
कम्पनीले अहिलेसम्मको अवधिमा ९९ प्रतिशत भन्दा बढि दाबी भुक्तानी गरिसकेको छ । बीमा कम्पनीहरुले दाबी भुक्तानीमा आलटाल गरिरहेको अवस्थामा रिलायबलले समयमा दाबी भुक्तानी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया