विषाक्त सिनो खाएर दर्जनौं गिद्ध मरे

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एकैसाथ कम्तीमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । रामग्राम नगरपालिका ४ जितपुरस्थित पर्तीजग्गामा मारेर फालिएको विषाक्त सिनो खाएका कारण गिद्धको मृत्यु भएको आशंका गरिएको छ ।

विषाक्त सिनो खाएका कारण डंगर अति संकटापन्न गिद्ध, सानो खैरो अति संकटापन्न गिद्ध , हिमाली संकटापन्न र राजगिद्ध (संरक्षित) लगायतका ६७ वटा गिद्ध मरेका हुन् ।

स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ ।

नेपाल पंक्षी संरक्षण संघ बुटवलका अनुसार गिद्धले विषाक्त सिनो खाएर अचानक बिरामी भएर मरेको हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको खोजी कार्य भैरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?