फेरि सल्बलाएर ह्याकर : योहो टेलिभिजनको यूट्युब च्यानल ह्याक

काठमाडौं । योहो टेलिभिजनको यूट्युब च्यानल ह्याक भएको छ । बुधवारदेखि टेलिभिजनको यूट्युब च्यानल अज्ञात स्रोतले ह्याक गरेको सो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले जानकारी दिए ।

मिडिया अलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले गैरकानुनीरुपमा अवैधानिक तत्वहरुले गैरकानुनी रुपमा मुलधारका लोकप्रिय च्यानल र छापाहरुको अनलाइन पोर्टलहरुमा क्षति पुर्याउने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीवार उनले जारी गरेको विज्ञप्तिमा युट्युब च्यानल ह्याक भएपछि संस्था र सम्बन्धित संचारगृहले प्राविधिक समस्या हल गर्न तदारुकताका साथ लागिपरेको उल्लेख गरिएको छ । अलाइन्सले गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाहीको माग पनि सम्बन्धित पक्षसँग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?