काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आज (बिहीवार) हुने १६औं खेलमा इन फर्म बैंगलोर र राजस्थान भिड्दै छन् ।
मुम्बईको वाँखेडे मैदानमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुन गइरहेको खेलमा बैंगलोरको ब्याटिङलाई रोक्न राजस्थानलाई सजिलो हुने छैन ।
चेन्नईको स्लो र ड्राई पिचमा पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन देखाएका बैंगलोरका विस्फोटक व्याटस्मेन् ग्लेन म्याक्सवेल र एबी डेविलियर्सलाई वाँखेडेको पिच उपहार हुने छ ।
ब्याटिङको प्याराडाइस भनेर चिनिने मुम्बईको पिचमा ठूलो योगफलको अपेक्षा राख्न सकिन्छ । पछिल्ला ३ खेलमा म्याक्सवेलले १७६ रन बनाउन सफल भएका छन् भने डेविलियर्सले १२५ रन बनाइसकेका छन् ।
यस आईपीएलमा स्पिनर्सविरुद्ध १०० रन प्रहार गर्ने म्याक्सवेल एक मात्र खेलाडी हुन् ।
सञ्जु स्यामसनको राजस्थानको कहानी छुट्टै छ । राजस्थानले यस संस्करणको पहिलो खेलमा नै आफ्नो बेस्ट प्लेयर बेन स्टोक्सलाई इन्जुरीका कारण गुमाइसकेको छ । एउटा खेलमा २२२ को योगफललाई पनि पछ्याउन आँट गर्ने राजस्थान अर्को खेलमा ८७.२ देखि ९५.७ पनि भएको छ । बायो बबलको थकानका कारण राजस्थानका इंग्लिश ब्याट्सम्यान लीयम लिभिंगस्टोनले आईपीएल छाडेका छन् ।
राजस्थान अंक तालिकामा ३ खेलमा १ जीत सहित ७औं स्थानमा छ भने बैंगलोरले आफ्नो तीन खेलमा हार बेहोरेको छैन ।
पछिल्ला ५ खेलको नतिजा हेर्ने हो भने बैंगलोर र राजस्थानले समान २.२ खेल जितेका छन् । १ खेलमा नतिजा आउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया