मनीग्रामद्वारा नेपालमा सीमापार रेमिट्यान्स सेवा विस्तारकालागी इ-सेवा मनी ट्रान्स्फरसँग साझेदारीको घोषणा

लोकपथ
7
Shares

काठमाडौं । मनी ग्रामद्वारा नेपालमा सीमापार रेमिट्यान्स सेवा विस्तारका लागी इसेवा मनी ट्रान्स्फर सँग साझेदारीको घोषणा गरेको छ ।

मनी ग्राम इन्टरनेशनल सीमापार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको हो ।

सो साझेदारीमार्फत विश्वभरि रहेका मनी ग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्त कर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।
भारत र दक्षिण एसियाका प्रमुखना वेद अश्रफ भन्छन्,“यस साझेदारीलेगर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं”।

उनी थप्छन् “वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासँग साझेदार भइ लाखौं गैर निवासी नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रुपमा रकमप्राप्तगर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं”।

त्यस्तै इसेवाको मूलकम्पनी,एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल भन्छन्, ‘मनी ग्रामसँग नयाँ सहकार्यका लागीहामी अत्यन्त उत्साहित छौं । मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबै भन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्ने छ ।मनी ग्राम महत्वपूर्ण साझेदार हो, र यो साझेदारीले सीमापार रेमिट्यान्स डिजिटलकरणका लागीहाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।’

सो साझेदारी पश्चात रकम सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनी ग्राम र ई–सेवाको साझेदारीबाट, संसारभरबाट सजिलै रकम स्थानान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?