काठमाडौं । सुनसरीमा मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका-१९ स्थित सडकबाट पार्किङ गरी राखेको को १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बुद्दमार्ग बस्ने २२ वर्षीय रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने १९ वर्षीय रवि राई रहेका छन् ।
उक्त स्थानबाट गत मंगलवार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान तथा खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया