एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

दुई नेताबिच शुक्रबार भेटवार्ता भएको हो । जनकपुरमा रहेका नेता नेपाल काठमाडौं टेक्नासाथ नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

आजै नेकपा(एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव पक्षलाई नसमेटि ओलीले स्थायी कमिटी गठन गरेका छन्, जहाँ वामदेवलाई भने समेटिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गरिएको छ भने महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई जिम्मेवारी दिइएको छ तर माधव पक्षधरलाई जिम्मेवारी बिहिन बनाइएको छ ।

माधव नेपालले केपी ओलीसँग होटल मेरियटमा दुईपटक भेट गरी पार्टीको विवाद समाधान गर्न आग्रह गरिसकेका छन् भने गौतमले पनि गयराति प्रधानमन्त्री निवास बालुवाटार पुगि ओलीलाई असंवैधानिक निर्णय सच्याउन माग गरेका थिए । तर ओलीले निर्णय सच्याउन नसकिने बताएका थिए ।

एमाले विभाजनको संघारमा पुगेको बेला नेपाल र गौतमको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?