धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा ९ गते कोरोना पुष्टि भएको थियो । उनमा कडा खालको स्वासप्रश्वासको समस्या देखिएको थियो ।
यो सहित गोदावरी नगरपालिकाका अहिले सम्म १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया