इन्डियन प्रिमियर लिग : क्याप्टेन कुलविरुद्ध क्याप्टेन अग्रेसिभ

लोकपथ
259
Shares

काठमाडौं । आईपीएल २०२१ को १९औं खेलमा आज अंक तालिकाको शीर्ष दुई टोली, रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दै छन्।

मुम्बईको वाँखेडे स्टेडियममा अपरान्ह ३:४५ बजे शुरु हुने सो खेल यो संस्करणको आईपीएलको महत्वपूर्ण खेल भन्न सकिन्छ। आफ्नो पहिलो उपाधि जित्ने दाउमा उत्रेका भारतीय कप्तान विराट कोहलीको बैंगलोरले अहिले सम्म ४ खेलमा ४ जीत निकाल्न सफल भएको छ भने पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी आफ्नो ४औं उपाधिको पर्खाइमा छन्।

दुबै टोलीले यस संस्करणमा उत्कृष्ट प्रदर्शन देखाएका छन् र हरेक विधामा दुबै टोलीको नेक-टू-नेक तुलना गर्न सकिन्छ।

बैंग्लोरका विराट कोहली, देवदत्त पडिकल, गेल्न म्याक्सवेल, एबी डेविलियर्स, मोहम्मद सिराज, हरशल पटेल, युज्वेन्द्र चहल र वाशिंगटन सुन्दर लाई क्रमशः चेन्नईका महेन्द्र सिंह धोनी, ऋतुराज गएकवाड, मोईन अलि, फाफ डु प्लेसी, दीपक चहर, शर्दुल ठाकुर, रवीन्द्र जडेजा र सुरेश रैनाले टक्कर दिन्छन्।

शायद यस्तो तुलना गर्न लायक टोली यस संस्करणमा यी दुइटै मात्र छन्। सन् २०१५ मा राजस्थान रोयल्सले सुरुवाती ५ खेलमा ५ जीत निकालेपछि यो कसैले दोहोर्याउन सकेको छैन। के बैंगलोरको ५ खेलमा ५ जीत निकाल्ने सपना चेन्नईले रोक्न सक्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?