धनगढी, टेकसिंह धामी । सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ । कोरोना महामारीको दोस्रो लहरसंगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो।
५५ शय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
हाल ३ जनालाई भेन्टिलेटरमा राखिएको छ । भने यस्तै ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए। अन्य सबैलाई उच्च निगरानीमा राखिएको उनले बताए ।
अहिले अस्पतालमा ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य ३ जनामा पनि संक्रमण हुन सक्ने आशङ्का सहित उपचार भइरहेको छ । जटिल सङ्क्रमितहरूको मात्रै उपचार हुने अस्पतालमा बेड भरिएपछि थप समस्या हुने देखिएको छ ।
‘अब हामी तत्काल कसैलाई भर्ना गर्न सक्दैनौँ,’ सूचना अधिकारी श्रेष्ठले भने ‘सबै बेड भरिएका छन् ।’
दोस्रो लहरको कोरोना फैलिएसँगै कैलालीका ५ जनाको मृत्यु भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया