टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

लोकपथ
133
Shares

काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका-७ लाल दियर पोखरी टोल बस्ने २५ वर्षीय अजय राउतको करेन्ट लागेर शनिवार राति मृत्यु भएको छ ।

आफ्नै घरको सुत्ने कोठामा टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?