उपाधिका लागि सिटी र टोटनह्याम भिड्दै

लोकपथ
182
Shares

काठमाडौं । इंग्लिश फुटबल लिग (ईएफएल) पछिल्लो समयमा काराबाओ कपको नामले प्रचलित छ ।

यस संस्करणको काराबाओ कपको फाइनल खेलमा आज इंग्लिश प्रिमियर लिग लिडर म्यानचेष्टर सिटी र टोटनह्याम हटस्पर प्रतिस्पर्धा गर्दै छन्।

नेपाली समय बेलुकी ९:१५ बजे किक अफ् हुने फाइनल खेल दुबै टोलीका लागि आ-आफ्नै तरिकाले महत्वपूर्ण हुनेछ।

यो सिजन क्वाड्रुपलको सपना बोकेको म्यानचेस्टर सिटीले एफ ए कपमा चेल्सीसँग हार व्यहोरेपछि ट्रेबल जित्ने मौका भने पक्कै गुमाउन चाहँदैन। इंग्लिश प्रिमियर लिग लगभग जितिसकेको सिटी च्याम्पियन्स लिगको सेमी फाइनलमा पनि मौजूद छ। ट्रेबल जित्नको लागि पहिलो उपाधि सिटीले आजको लिग कपलाई बनाउन चाहन्छ।

उता टोटनह्यामको गाथा छुट्टै छ। भर्खरै आफ्नो प्रमुख प्रशिक्षक जोसे मोरीनोसँग बिदावारी गरेको टोटनह्यामको पछिल्लो उपाधि हेर्ने हो भने, सन् २००८ सम्म पुग्नु पर्दछ।

चेल्सीलाई पराजित गर्दै टोटनह्यामले सन् २००८को लिग कप उपाधि जिते पश्चात टोटनह्यामलाई १३ वर्ष देखि उपाधिको खडेरी नै लागेको छ। सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग पराजित भएको टोटनह्यामले उपाधि नजिक पुग्ने मौका फेरि पाएको छ।

म्यानचेस्टर सिटीले आफ्नो ट्रेबल अभियान सुरु गर्ने की, १३ वर्ष पछि टोटनह्यामले उपाधि जित्ने भन्ने कुरा आज बेलुकीको फाइनल खेलले बताउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?