कोरोना संक्रमित बढेपछि मुख्यमन्त्री केजरीवालद्वारा दिल्लीमा फेरि एक साता लकडाउन घोषणा

लोकपथ
77
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी लकठाउन फेरि एक साता लम्ब्याइएको छ । मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमित बढेपछि नयाँ दिल्लीमा अगामी मे ३ सम्म लकडाउन बढाइएको घोषणा गरेका छन् ।

नयाँ दिल्लीमा कोरोना महामारीको स्थिति भयावह बन्दै गएपछि लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गरेका हुन् ।

दिल्ली सरकारले कोरोना संक्रमणको साङ्लो तोड्न भन्दै गत हप्ताको सोमवार एक हप्ताको लाागि लकडाउन लागू गरेको थियो । तर संक्रमण नियन्त्रण नभएपछि पहिलो लक डाउनको समय अवधि सकिनु अघिल्लो दिन आइतवार लकडाउन लम्ब्याउने निर्णय भएको हो ।

मुख्यमन्त्री केजरीवालले ३ मे बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दोस्रो चरणको लकडाउन भोलि राति १० बजेदेखि लागू हुनेछ । दिल्लीमा संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव भएको बनाइएको छ । अस्पतालमा अक्सिजन अभावले गत हप्ताको बिहिवार र शुक्रवार गरी २ दिनमामात्रै ४५ जनाको ज्यान गएको थियो ।

दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेकाले अस्पतालहरुले नयाँ बिरामी लिन छाडेका बताइएको छ । पछिल्ला दिनमा पूरै भारतमा गरेर दैनिक झण्डै ३ लाख ५० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित थपिन थालेका भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?