इन्डियन प्रिमियर लिग २०२१ : सुपर ओभरमा दिल्लीले मार्‍यो बाजी

लोकपथ
91
Shares

काठमाडौं । आईपीएलमा आईतवार राती सम्पन्न भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले सन्राईजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।

यस संस्करणको पहिलो सुपर ओभरमा हैदराबादले ६ बलमा ७ रन मात्र बनाउन सक्यो । भर्खरै कोभिड–१९ लाई जितेर आएका अक्सर पटेलले दिल्लीको लागि उत्कृष्ट सुपर ओभर बलिङ गरे । जवाफमा राशिद खानको सुपर ओभरको अन्तिम बलमा १ रन निकाल्दै दिल्लीले खेल आफ्नो पोल्टामा पारेको हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले सर्वाधिक ५३ रन बनाएका थिए । जवाफी ब्याटिङमा हैदरावादको टोलीले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १५९ रन नै बनाउन पुग्यो । हैदराबादको लागि केन विलियम्सनले अविजित ६६ रन बनाएका थिए । निर्धारित २० ओभरमा खेल बराबरीमा टुङ्गिदा सुपर ओभरले छिनोफानो लगाइएको हो ।
यो जीत सहित दिल्ली ५ खेलमा ४ जीत निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

आजको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पंजाब किंग्स र कोलकाता नाइट राइडर्स बिच नेपाली समय ७ : ४५ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?