मन्त्रिपरिषद बैठक बस्दै, कोरोना नियन्त्रणका लागि थप निर्णय हुनसक्ने

लोकपथ
38.4k
Shares

काठमाडौं । कोरोना संक्रमणको ग्राफ बढिरहेको सन्दर्भमा आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

आजको मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा सरकारले थप निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।

हिजो नै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सुझावहरु सरकारलाई दिएको थियो भने आजदेखि सञ्चालन हुने पूर्व निर्धारित परिक्षाहरु स्थगित गरेको थियो।

 

 

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?