भारतमा कोरोना : ३ लाख ५२ हजार बढीमा संक्रमण, २८ सय बढीको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि र २८ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन ३ लाख ५२ हजार ९९१ जना संक्रमित थपिएका छन् भने २ हजार ८ सय १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको छ । गत २४ घण्टामा त्यहाँ २ लाख १९ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९५ हजार १२३ पुगेको छ । त्यहाँ हालसम्म १४ करोड १९ लाख ११ हजार २२३ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?