पोखरा विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित

काठमाडौं । पोखरा विश्वविद्यालयले सुचारू भइरहेको र सुचारु हुने सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर तीव्र बढीरहेकाले विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले आज सोमवारदेखि नै लागू हुने गरी अर्को सुचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाए । उनले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?