काठमाडौं । मोरङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
जबरजस्ती करणी हुनबाट जोगिने उपायहरु :
एकान्त ठाँउमा सकेसम्म एक्लै हिँडडुल नगर्ने, नचिनेका मानिसहरुलाई एक्लै भेट्न नजाने ।
जहाँ जाँदा पनि अभिभावकलाई वा विश्वासिलो व्यक्तीलाई जानकारी गराएर मात्र जाने ।
जबरजस्ती करणी हुनसक्ने शंका लागेमा वा सम्भावना भएमा प्रतिकारका सामान्य तरिकाहरु प्रयोग गर्ने जस्तै : ठूलो स्वरमा चिच्याइ हारगुहार माग्ने ।
सकेसम्म छिटो सुरक्षित स्थानमा पुग्न कोशिस गर्ने ।
प्रतिकारको लागि तत्काल उपलब्ध कुनै पनि चिज जस्तै : माटो, ढुङ्गा, लठ्ठी, हात खुट्टा इत्यादि प्रयोग गरी जबरजस्ती गर्ने ओज्ने व्यत्तिको आँखा वा अन्य संवेदनशील अङ्गमा प्रहार गर्ने ।
बालबालिकाले आफ्नो अभिभावक र प्रहरीको सम्पर्क नम्बर कण्ठ पारेर राख्ने जसले गर्दा आवश्यक परेको समयमा प्रयोग गर्न सकियोस् ।
जबरजस्ती करणी भैसकेको अवस्थामा के गर्ने ?
तत्काल प्रहरीमा उजुरी गर्नु पर्दछ ।
प्रहरी आइनपुगेसम्म घटना भएको स्थानको केही पनि सामानहरु आफूखुसी नचलाई घटनास्थल सुरक्षित राख्नु पर्दछ ।
प्रहरीको सहयोगमा यथाशीघ्र स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।
प्रहरीले सबुद प्रमाण (नमुना) संकलन नगरेसम्म नुहाँउन हुँदैन र लगाएको कुनै पनि पुगा फेर्ने वा धुनु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया