संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । आखेटोपहारको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं– ६ वौद्दमा दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

कपन सरस्वतीनगरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) एक किलोग्राम आठ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुल बहादुर तामाङ र २० वर्षीय जयराम तामाङ छन्। उनीहरूलाई आवश्यक कानुनी कारबहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

यस्तै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा सालको काठ चोरी निकासी गरी चिरान गर्न लगाउने मुद्दाका मूख्य फरार अभियुक्त पर्सा ठोरी–४ का ३५ वर्षीय लेख बहादुर श्रेष्ठ पनि ब्यूरोको टोलीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको ब्यूरोले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?