काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने भएको छ । आज सोमवार बस्ने भनिएको बैठक वैशाख १५ गते दिउँसो २ बजे कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
बैठकमा आगामी महाविधेशनको कार्यतालिका बारेमा छलफल गर्ने तयारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई बताए ।
आज बस्ने भनिएको बैठक कांग्रेसका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गर्ने भन्दैलागि स्थगित गरिएको थियो । कोरोना परीक्षणका लागि पार्टी कार्यालयमै स्वाव संकलन गरिएको मुख्यसचिव पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया