भारतमा कोरोनाको कहर बढ्दै जाँदा खेलाडीहरु घर फर्कंदै

लोकपथ
91
Shares

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको छ। यस बिच पनि इन्डियन प्रीमियर लिग (आईपीएल) भने जारी नै छ ।

खेलाडी तथा सम्बन्धित व्यक्तित्वलाई बायो बबलमा राखेर आईपीएल २०२१ भारतमै सञ्चालन गरिएको थियो। तर देशको स्थिति भयावह हुँदै जाँदा ३ अष्ट्रेलियन खेलाडी तथा १ भारतीय खेलाडीले आईपीएल छाड्ने निर्णय गरेका हुन् ।

आईपीएल छोड्ने अष्ट्रेलियन खेलाडीमा रोयल च्यालेन्जर्स बैंगलोरका लेग स्पिनर एडम जाम्पा, तिब्र गतिका बलर केन रिचार्डसन् र राजस्थान रोयल्सका एन्ड्रीउ टाई रहेका छन् ।

भारतीय खेलाडीमा दिल्ली क्यापिटल्सका लेग स्पिनर रविचन्द्रन आश्विनले पनि पारिवारिक कारण देखाउँदै आईपीएल छाडेका छन् ।

यस पालिको आईपीएल संस्करण चेन्नई, मुम्बई, बैंगलोर, कोलकाता, दिल्ली र अहमदाबादमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?