भारतलाई विश्व स्वास्थ्य संगठनले महत्वपूर्ण उपकरण उपलब्ध गराउने

लोकपथ
343
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अडानोम गेब्रियससलेले भारतमा कोरोना महामारीको अवस्थाप्रति गहिरो दुख व्यक्त गरेका छन् । उनले एक मिडिया ब्रीफिङ्गका क्रममा भारतको कोरोनाको बढ्दो प्रकोपको अवस्थाप्रती चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘कोरोना संक्रमण धेरै देशहरूमा छिटो फैलिरहेको छ र भारतको अवस्था हृदय तोड्ने भन्दा धेरै खराब छ । विश्व स्वास्थ्य संगठनले राम्रो काम गर्न सक्ने सबै थोक गरिरहेको छ ।’

गेब्रियससलेले भारतलाई अहिलेको अवस्थासँग सामना गर्न महत्वपूर्ण उपकरणहरुको आपुर्ती गर्ने समते बताए । उनले भने, ‘अक्सिजन, मोबाइल फिल्ड अस्पताल र ल्याबलगायतका सामग्री पर्‍याप्त मात्रामा उपलब्ध गराउने प्रयासमा छौं।’

भारतमा पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । गत २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?