काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा गर्ने भएको छ।
हिजो सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ गतेदेखि वैशाख महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यसअघि उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको स्रोतले बतायो । मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिने भएको हो ।
त्यस्तै कोरोनाको अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए । बैठकले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया