इंग्लिश प्रिमियर लिग : लेस्टरको तेस्रो स्थानमा पकड बलियो

लोकपथ
42
Shares

काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राती खेलिएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २-१ गोलले पराजित गरेको छ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा खेलिएको खेलको १२औं मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। एजेको शानदार पासलाई जाहाले गोलमा परिणत गर्दा क्रिस्टल प्यालेसले पहिलो हाफ १-० को अग्रतामा सम्पन्न गरेको थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा केलेची इहेनाचोको शानदार पासमा फूल ब्याक टिमोथी कास्टान्येले गोल गरेपछि लेस्टर खेलमा फर्कियो। त्यसपछि खेलको ८०औं मिनेटमा ईन फर्म स्ट्राइकर केलेची इहेनाचोले गोल गर्दै लेस्टरको जीत सुनिश्चित पारे ।

३३ खेलमा लेस्टर सिटीले ६२ अंक जोड्दै चौथो स्थानमा रहेको चेल्सी भन्दा ४ अंक माथि रहन सफल भएको छ । यसै गरी आउँदो सीजन च्याम्पियन्स लिग फुटबल खेल्ने लेस्टरको इच्छा बलियो देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?