भारतमा कोरोना संक्रमणको दर वृद्धि हुनुमा निर्वाचन आयोग दोषी

लोकपथ
315
Shares

काठमाडौं । भारतको एक उच्च अदालतले कोरोना संक्रमणको दोस्रो लहर बढ्नुमा निर्वाचन आयोगलाई दोष लगाएको छ । मद्रास उच्च अदालतले भारतमा कोरोनाको दोस्रो लहर भयावह हुनुमा चुनावी र्‍याली र अनुमति दिनु प्रमुख कारण भएको आरोप लगाएको हो ।

मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले कोरोनाको दोस्रो लहरका लागि मात्र निर्वाचन आयोग पनि जिम्मेवार भएको बताए । उनले निर्वाचन आयोगको कडा आलोचना समेत गरेका थिए ।

उच्च अदालतले चुनावी प्रचारका क्रममा स्वास्थ्य मापदण्ड अपनाउन भनेपनि लागू नभएको अदालतको ठहर छ । मास्क, सेनिटाइनर र भौतिक दूरी बिनै भारतमा चुनावी पचार भएको थियो । त्यहाँ कोरोना महामारीकैबीच धेरै राज्य र ग्राम पन्चायतमा चुनाव भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?