काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले एमाले नेता माधवकुमार नेपाल पक्ष अदालतमा पटक पटक गएकोतर्फ औंल्याउदै व्यंग्य गरेका छन् ।
मंगलवार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले नेपालले सिद्धान्तको राजनीति छाडेर अड्डा अदालत धाएको भन्दै व्यंग्य गरेका हुन् ।
बास्कोटाले नेपालको तन मात्र एमालेमा, मनचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर भएको आरोप समेत लगाएका छन् । उनले राजनितीमा राम बहादुर थापा बादलले माओवादी केन्द्र छोडेर रोजेको बाटो सहि भएको टिप्पणी गरे ।
उनले लेखेका छन् ,‘कमरेड नेपाल आधा शताब्दी देखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन्, तर आजभोलि अदालत धाएको हेर्दा कानुनका नौ सिङवाला पो लाग्यो,’ मंगलबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘कुन्ती मोक्तानकै धरान धनकुटा भो उनको राजनीति।’
अगाडि लेखेका छन्, ‘कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’
कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा!
— Gokul Prasad Baskota (@GokulPBaskota) April 27, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया