काठमाडौं – कोरोनाको महामारीसँगै फैलिएको र फैलनसक्ने गलत सूचनाको महामारीबाट जोगिऔँ भन्दै चर्चित हाँस्यकलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गरी सबैसँग अनुरोध गरेका छन् ।
कोरोना महामारीजस्तै गलत सूचना पनि निकै असरदार हुन सक्ने भन्दै कलाकार मनोज गजुरेलले कोरोनासाग सम्बन्धित अपुष्ट, शंकास्पद, अतिरन्जित, झुटा, भ्रामक, आतंकित बनाउने समाचारजन्य सामाग्रीको वेवास्ता गर्न अनुरोध गरेका हुन् । उनले लेखेका छन् :
”कोरोनाको महामारीसँगै फैलिएको सूचनाको महामारीबाट आफू जोगिऔँ, अरुलाई जोगाऔँ । ‘अतिरन्जित’ टाईटल देख्नासाथ आँखा चिम्लिऔँ। ‘अपुष्ट हेडलाईन’ सुन्नासाथ कान बन्द गरौं । ‘झुटा’ अडियो लाईक नगरौं । ‘शंकास्पद’ भिडियो शेयर नगरौँ । ‘भाईरल’ समाचार स्यानिटाईज गर्न नभुलौँ । ‘फ्याक्टचेक’ले ईन्फरमेसन सफा गर्ने बानी बसालौँ । फेक न्यूजसँग डिस्टेन्स मेन्टेन गरौँ । विचलित बनाउने तस्वीरलाई आईसोलेसनमा राखौँ । ईम्युन पावर बढाउने सुसमाचार धेरैभन्दा धेरै पिउने गरौँ । मानिसलाई आतंकित बनाउने ‘सोसल मिडिया’लाई लकडाउनमा राखौँ । समाजलाई त्रसित पार्ने मिडियामाथी निषेधाज्ञा जारी गरौँ । कोरोनाको महामारीबाट बचौँ । सूचनाको महामारीबाट बचाऔँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया