भारतमा थप ३ लाख २३ हजार बढीमा कोरोना संक्रमण, २७ सय बढीको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि र २७ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन ३ लाख २३ हजार १४४ जना संक्रमित थपिएका छन् भने २ हजार ७ सय ७१ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ संक्रमितको संख्या घटेको छ । निरन्तर बढीरहेको संक्रमणको दर हिजो सोमवार भने २९ हजारले घटेको हो । तरपनि भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार २०४ पुगेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ३६ हजार ३ ०७ पुगेको छ । गत २४ घण्टामा त्यहाँ २ लाख ५१ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८९४ पुगेको छ । त्यहाँ हालसम्म १४ करोड ५२ लाख ७१ हजार १८६ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?