सुदूरपश्चिममा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० नमूना परीक्षण गर्दा हालसम्मकै धेरै १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत छन्।

जसमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचार भइरहेको श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?