काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ का कारण बैंकहरुको कारोबार उल्लेख्य रुपमा घट्ने अनुमान गरिएपनि खासै असर गरेको देखिएको छैन ।
बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत) मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । गत वर्षको तुलनामा केही मात्रामा नाफामा गिरावट आएको भएपनि समग्रमा बैंकहरुको कारोबारमा सुधार आएको देखिएको छ । हेरौँ,कसको प्रगति कस्तो ?
नबिल बैंक
नबिल बैंक लिमिटेडले चैत मसान्तसम्म ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशत घटेको छ । सञ्चालन आम्दानी ३५ करोडबाट बढेर १ अर्ब ५ करोड पुगेको छ । त्यस्तै,यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३७ प्रतिशत बढेको छ । बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ छ । त्यस्तै,यस अवधिमा प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ३४ पैसा घटेर ३६ रुपैयाँ ४० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.९१ गुणा रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.१५ प्रतिशत विन्दुबाट घटेर ०.४८ प्रतिशत मा झरेको छ ।
सनराइज बैंक
सनराइज बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिका वर्षको यसै समयको तुलनामा २०.८२ प्रतिशतले बढी नाफा कमाएको छ । बैंकले गत वर्ष ९३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा २५.८८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट बढेर १५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब २९ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.०९ प्रतिशतले बढी हो । त्यस्तै,बैंकले ५.३१ प्रतिशतले खुद व्याज आम्दानी घटाएको छ । त्यस्तै,बैंकले १५.७८ प्रतिशतले सञ्चालन मुनाफा वृद्धि गरेको छ । त्यस्तै,बैंकले वितरण योग्य मुनाफा १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैंकले स अवधिमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै,बैंकले खराब कर्जा ०.३५ प्रतिशतविन्दु घटेर २.३२ प्रतिशतमा झरेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.८० प्रतिशतले बढी हो । गत वर्षको यसै समयमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड पुगेको छ भने सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ । त्यस्तै,बैंकले खराब कर्जा १.४७ प्रतिशतमा झरेको छ ।
एन आई सी एशिया बैंक
एन आई सी एशिया बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब खुद मुनाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गरेको हो ।
प्रति शेयर आम्दानी ३४.८७ आर्जन गर्न सफल भएको छ । यस अवधिमा ०.७५ प्रतिशत रहेको खराब कर्जालाई ०.४७ प्रतिशतमा झारेको छ ।
प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८.७६ प्रतिशतले बढी हो । गत वर्षको यसे समयमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ३९.२८ प्रतिशतले बढेको छ भने खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा खराब कर्जा ०.८६ प्रतिशतमा झारेको छ ।
कृषि विकास बैंक
चालु आर्थिक वर्षको चैतसम्म कृषि विकासको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले यस अवधिमा १.३९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले यस अवधिमा २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यस्तै,बैंकले यस अवधिमा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । बैंकले यस अवधिमा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको १.५३ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोही अवधिमा ६ अर्ब २ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।बैंकको स्प्रेडरेट ४.३५ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा, प्रतिसेयर मूल्य २ सय २६ रुपैयाँ ४७ पैसा, खराव कर्जा अनुपात, ३.०८ प्रतिशत, बेसरेट ७.४८ प्रतिशत रहेको छ
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालु आवको चैतसम्म ५४.१२ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले यस अवधिमा २ अर्ब ६ करोड ५२ लाख रुपैँया नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकले ८३ करोड १४ लाख ४९ हजार वितरणयोग्य नाफा कमाएको छ । त्यस्तै,बैंकको बेस रेट ६.९९ प्रतिशत र स्प्रेड रेट ३.९० प्रतिशत तथा खराब कर्जा अनुपात ०.८८ प्रतिशत रहेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको चैतथ मसानतसम्म १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा ६३ प्रतिशत बढीले नाफामा वृद्धि गरेको हो । बैंकmले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै,बैंकले यस अवधिमा ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ भने १ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । त्यस्तै, सो अवधिमा बैंकको सञ्चालन आम्दानी ३६.५४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, बैंकको बेसरेट ७.५६ प्रतिशत, स्प्रेडरेट ४.१५ प्रतिशत, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा,खराव कर्जा अनुपात, २.७६ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंक
चैत मसान्तसम्म माछापुछ्रे बैंकले १ अर्ब २९ करोड ६ लाख नाफा कमाएको छ । बैंकले यस अवधिमा नाफा १०.६१ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा ८४ करोड ६० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.५१ प्रतिशत, बेस रेट ७.०९ प्रतिशत र स्प्रेड रेट ४.०४ प्रतिशत रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी नाफा वृद्धि गरेको हो । त्यस्तै,यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ । त्यस्तै,सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ रहेको छ । त्यस्तै,बैंकको खराव कर्जा कर्जा १.४७ प्रतिशतविन्दु घटेर १.४८ प्रतिशत पुगेको छ ।
कुमारी बैंक
चालु आर्थिक वर्षको चैत महिनासम्म बैंकले १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा साढे ७८ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ । त्यस्तै,यस अवधिमा बैंकले ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । त्यस्तै,बैंकले ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढी हो । त्यस्तै,बैंकको सञ्चालन आम्दानी ५२.९८ प्रतिशतले वृद्धि गरी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पु¥याएको छ । गत आवको यसै अवधीमा बैंकले ३ अर्ब २८ करोड ८६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । बैंकले यस अवधिमा खराव कर्जा ०.११ प्रतिशतले बढेर १.०९ प्रतिशत पुगेको छ । त्यस्तै, बैकको बेसरेट ७.६३ प्रतिशत स्प्रेडरेट ३.१९ प्रतिशत, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा रहेको छ ।
सिभिल बैंक
चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५० करोड २५ लाख खुद मुनाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी नाफा कमाएको हो । गत वर्षको चैतमा बैंकले ३६ करोड कमाएको थियो । त्यस्तै,बैंकले गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा स अवधिमा घटाएर १.१३ प्रतिशतमा झारेको छ ।
मेगा बैंक
मेगा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९५ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३३ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा पनि ४५ करोडबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै,बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै,यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले र सञ्चालन नाफा पनि ३२ प्रतिशतले बढेको छ । त्यस्तै,बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ
एभरेष्ट बैंक
एभरेष्ट बैंकले चैत मसान्तसम्म १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशत कम हो । त्यस्तै,बैंकले खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत घटाएको छ । त्यसैगरी,सञ्चालन मुनाफा ३५.९३ प्रतिशतले घटाएको छ । त्यस्तै,बैंकले १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानीमा १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले चालुुु आर्थिक वर्षको चैत मसानतसम्म १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत नाफा घटाएको हो । बैंकले यस अवधीमा २९.४५ प्रतिशत खुद व्याज आम्दानी घटाएको छ । बैंकको सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ । त्यस्तै,बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको वित्तिय विवरणले देखाएको छ ।त्यस्तै,बैंकको खराब कर्जा ०.३० प्रतिशत विन्दु घटेर ०.८१ प्रतिशतमा झरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३४.३४ प्रतिशतले कम हो । बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै,बैंकको खुद ब्याज आम्दानी ३३.०८ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३४ प्रतिशतले घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँबाट घटेर १८ रुपैयाँमा झरेको छ । बैंकले खराब कर्जामा पनि सामान्य वृद्धि देखिएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५.५५ प्रतिशत कम हो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ५.६२ प्रतिशत घटेको छ भने खुद ब्याज आम्दानी १३.८६ प्रतिशत घटेको छ । यस अवधीमा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै,बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा घटेर १४ रुपैयाँ २३ पैसामा झरेको छ । त्यस्तै, निष्क्रिय कर्जा ०.७० प्रतिशत बिन्दु घटेर २.०५ प्रतिशतमा झरेको छ ।
कोराना भाइरस‘कोभिड १९’का कारण बैंकहरुको व्यापारमा धक्का लाग्ने अनुमान गरिए पनि बैंकहरुले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन्तोषजनक व्यापार गरेका छन् । तर कोरोनाको दोस्रो लहर प्रवेश गरिसकेकाले चौँथो त्रैमासिकको विवरण कस्तो आउला भन्ने तनावमा बैंकहरु देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया