काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई कारोना संक्रमण पुष्टि भएको छ ।
सीईओ श्रेष्ठ एक हप्ता अघि नै कोरोना संक्रमित भएका थिए ।
अहिले उनको अवस्था सामान्य छ । श्रेष्ठ अहिले आफ्नै घरकै आइशोलेसन बसेका छन् । ‘पहिले भन्दा अहिले धेरै सुधार भएको छ ।’ सीइओ श्रेष्ठले लोकपथसँग भने ।
बैंकका देशै भरिका राष्ट्रिय वाणिज्य बैंकका शाखाका ६८ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । उनीहरु पनि आइशोलेसनमा उपचार गराइरहेको सीईओ श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया