मन्त्रीको पदभार ग्रहण गरेपछि मनाङेले भने- ‘यो सरकारको काम छैन

लोकपथ
245
Shares

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङेले वर्तमान सरकारको काम नभएको बताएका छन् ।

शुक्रवार मन्त्रीको रुपमा सपथ लिएर पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री मनाङेले वर्तमान सरकार दुई हप्तामै जानसक्ने भएकाले यसको काम नभएको बताएका हुन् ।

चुनावमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुलाई सहयोग गरेको र त्यसको गुन तिर्नका लागि आफू मन्त्री भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?