पोखरा । गण्डकी प्रदेश सभा सदस्य शाहीको पिसिआर रिपोर्टको छानविन गर्न तिन दलले माग गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले वैशाख १४ गते साँझ ४ बजे प्रदेश सभा परिसर नदिपुरमा स्वाव दिइरहेको अवस्थामा रहेको भएपनि सोही समयमा लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा स्वाव दिएको भन्ने रिपोर्ट आएको कुरा झुठो भएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले छानविनको माग गरेका हुन् ।
बिहीबार तिन दलको संसदीय दलका नेताहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध भएको अविश्वास प्रस्ताव दर्तापछि सिर्जित परिस्थितिको सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्दै सांसद शाहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु तर नीजि ल्याबमा पोजेटिभ देखिनु अस्वभाविक र रहस्यमय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सांसद शाही भर्ना भएको चरक अस्पतालको सिसिटिभि हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्न तथा प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समुहलाई कानुनको कठघरमा ल्याई सभामुख र अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गर्न समेत माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया