कोरोनाको हटस्पट बन्दै उपत्यका : थपिए २४ सय बढी संक्रमित, कुन जिल्लाका कति?

काठमाडौं । काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १९ सय ३२, भक्तपुरमा २ सय ८ र ललितपुरमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।

 

कोरोनाको हालसम्मकै नयाँ रेकर्ड, एकैदिन थपिए ५७ सय बढी संक्रमित (विवरणसहित)

नेपालमा पछिल्ला दिनहरुमा कोरोना भयावह रुपमा फैलिरहेको छ ।

बितेको २४ घण्टामा मात्रै नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर एकैदिन १९ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकसंख्या ३ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ८२ हजार ३ सय ८२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्रै १२ सय ८७ जना कोरोनामुक्त भइ घर फर्किएका हुन् ।

हाल नेपालमा कुल सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ रहेको छ भने ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि शुक्रवार नेपालमा एकैदिन ५७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ३३ जनाको कोरोनाको कारण मृत्यु भएको थियो । भने जम्मा ९ सय २८ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका थिए ।

आज थपिएका संक्रमित नेपालामा हालसम्मकै उच्च हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?