काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि मकवानपुरमा पनि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला सुरक्षा समितिले मकवानपुरमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
शनिवार (आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लामा आइतवार राति १२ बजेदेखि लागू हुने गरी आगामी बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया