काठमाडौं । लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोनाको कुल संक्रमित १२ हजार ९ सय ४९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या २०० पुगेको छ । पछिल्लो २४ घण्टामा ६९० जनाको पीसीआर परीक्षण गर्दा सो परिणाममा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ५७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण १९ जनाको मृत्यु भएको र कुल मृतकको संख्या ३२ सय ९८ पुगेको छ ।
हाल नेपालमा ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म नेपालमा २४ लाख ८८ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया