काठमाडौं । कोरोना भाइरसको महामारीबाट आक्रन्त भारतको दिल्लीमा लकडाउन थप एक साता लम्ब्याइएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ दिल्लीमा लकडाउन एक हप्ता थपिएको जानकारी दिएका छन्।
दिल्लीमा मे ३ को बिहान पाँच बजेसम्मका लागि लकडाउन गरिएको थियो, जसलाई बढाएर १० मे बिहान पाँच बजेसम्म पुर्याइएको छ।
दिल्लीमा अप्रिल १९ को राति १० बजेदेखि लकडाउन सुरु भएको थियो।
दिल्लीमा पछिल्लो १५ दिनदेखि दैनिक २० हजारभन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार मात्रै २७ हजारभन्दा बढी संक्रमित थपिएका थिए भने ३७५ जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया