काठमाडौं । सनराइजर्स हैदराबादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम हैदराबादले शनिबार विलियम्सनलाई कप्तान नियुक्त गरेको हो । सन् २०१६ मा टोलीमा च्याम्पियन बनाइसकेका कप्तान डेभिड वार्नरको स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियमनसनलाई टोलीको कप्तान बनाइएको हो ।
आइतबार राजस्थान रोयल्सविरुद्धको खेलमा टोलीका विदेशी खेलाडीहरुको कम्बिनेसनमा पनि परिवर्तन गरिने फ्रेन्चाइजीले बताएको छ । आईपीएलको यो सिजनमा हैदरावादले अहिलेसम्म निकै कमजोर प्रदर्शन गर्दै ६ मध्ये ५ मा हारको सामना गरेको छ । टोली लिगको आठौँ स्थानमा रहेको छ ।
चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा हार ब्यहोरेपछि वार्नरले टोलीको कमजोर प्रदर्शनका लागि पुरै जिम्मेवारी लिएका थिए । त्यसको एक दिनपछि फ्रेन्चाइजीले कप्तान परिवर्तन गर्ने फैसला गरेको हो ।
यसअघि वार्नर शुरुवाती केही खेलपछि मनीष पान्डेलाई शुरुवाती ११ बाट हटाइएकोमा सेलेक्टरहरुको आलोचना पनि गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया